radio icon

Live Radio

मोटरसाइकलको ठक्करबाट ५० वर्षीया महिलाको मृत्यु

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ १५, २०७६


काठमाडौँ । पर्वतको फलेबास नगरपालिका- ५, खानीगाउँकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। हिजो साँझ स्थानीय ५० वर्षीया विष्णुदेवी दर्जीलाई मोटरसाइकलले ठक्कर दिएको हो ।

मादक पदार्थ सेवन गरी ३ जना सवार ध१प ३६६६ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी दर्जीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। मृतक दर्जीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ।

मोटरसाइकलमा सवार ३ जनामध्ये पाल्पा घर भई हाल फलेवासमा मजदूरी गर्दै आएका सुमन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य २ जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार