radio icon

Live Radio

भारतले वेष्ट इन्डिजविरुद्धको दुई खेलको टेष्ट शृंखला क्लिनस्विप गर्यो

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६


भारतले वेष्ट इन्डिजविरुद्धको दुई खेलको टेष्ट शृंखला क्लिनस्विप गरेको छ । गयराति सम्पन्न दोस्रो टेष्ट क्रिकेटमा भारतले वेष्ट इन्डिजलाई २५७ रनको फराकिलो अन्तरले पराजित गरेसँगै सिरिज क्लिनस्विप गरेको हो ।

४६८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले आफ्नो दोस्रो पारीमा २१० रन बनाउँदा सबै विकेट गुमाएपछि भारतले सहज जित निकालेको हो । शामर्ह ब्रोक्सले ५० रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

भारतका लागि मोहम्मद सामी र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा ४१६ रन बनाएपछि बलियो स्थितिमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार