radio icon

Live Radio

जीप दुर्घटनामा तीन जनाको मृत्यु, १८ घाइते

  • radionrn
  • प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६


मुक्ति न्यौपाने

पाल्पा । स्याङ्जाको गल्याङ नगरपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् । रम्भा गाउँपालिका–१, हुँगीबाट स्याङ्जाको गल्याङतर्फ गईरहेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी वालिङ नगरपालिका–१३, वायखोलाका नौ महिनाका बालक पल्सन परियार, वालिङ–११ स्याङ्जाकी ३४ बर्षीय मञ्जु गैरे र रम्भा गाउँपालिका–१, पाल्पाकी अन्दाजी ७२ वर्षीय सीता नेपालीको मृत्यु भएको हो ।

प्रहरी चौकी गल्याङका असई यमनाथ बगालेले एक जना बालकको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।

जीप सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । अत्याधिक भारका कारण जीप दुर्घटनामा परेको हुनसक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार