radio icon

Live Radio

विश्वकप फुटबल छनोटका खेलहरु आजदेखिः नेपालले कुवेतसँग खेल्दै

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


विश्वकप फुटबलको छनौट खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली समय अनुसार आज राती पौने ११ बजे नेपालले कुवेतसँग उसैको मैदानमा खेल्दैछ । फिफा वरियतामा नेपाल एसियाको शीर्ष ३४ भित्र परेकाले सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेल नेपालमै खेल्नुपर्ने भएपनि दशरथ रंगशाला पुनर्निर्माणको चरणमा रहेकाले नेपालले होम गेमको सट्टा पहिला कुवतेसँग अवे खेल खेल्न लागेको हो । विश्वकप छनौटको एसियाली समूह ‘बी’मा रहेको नेपालले कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार