radio icon

Live Radio

ब्रिटेनमा आमनिर्वाचन गराउने प्रधानमन्त्री जोनसनको प्रस्ताव सांसदहरुद्वारा अस्वीकृत

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


एजेन्सी – समयअगावै ब्रिटेनमा आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन् । हिजो हाउस अफ कमन्समा भएको मतदानमा आमनिर्वाचनको पक्षमा आवश्यक दुई तिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएका हुन् ।

पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो । सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो । प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए ।

सांसदहरूले सहमति विनाको ब्रेक्जिटलाई रोक्ने विधेयक पारित गरेपछि आमनिर्वाचनका लागि प्रधानमन्त्री जोनसनले संसद्मा प्रस्ताव पेश गरेका थिए । यसअघि सांसदहरूले सहमति विनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित गरेका थिए ।

हाउस अफ कमन्समा बुधवार नै सम्पन्न मतदानमा पक्षमा ३२७ मत खसेको थियो भने विपक्षमा २९९ मत खसेको थियो । प्रधानमन्त्री जोनसनले उक्त विधेयकलाई आत्मसमर्पण गराउने विधेयकको सङ्ज्ञा दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार