radio icon

Live Radio

कश्मीर मुद्दा साउदी र यूएईका विदेशमन्त्री पाकिस्तान भ्रमणमा

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


एजेन्सी – पाकिस्तानले साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई)लाई कश्मीर मुद्दामा आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ ।
कश्मीरका जनतालाई सबै मुस्लिम देशहरुले साथ दिनुपर्ने बताउँदै आएको पाकिस्तानले साउदी अरब र यूएईलाई सो आग्रह गरेको हो ।

हाल साउदी अरबका उपविदेशमन्त्री अब्देल विन अहमद अल जुबैर र यूएईका विदेशमन्त्री शेख हब्दुल्लाह बिन जायद बिन सुल्तान अल नाह्यान पाकिस्तानको भ्रमणमा छन् । बुधबार इस्लामावाद पुगेका दुवै नेताहरुले प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह मोहम्मद कुरैशीसँग भेटवार्ता गरेका छन् ।

पाकिस्तानलाई आश्वस्त पार्ने उद्देश्यले उनीहरु इस्लामावाद भ्रमणमा आएको अनुमान गरिएको छ । भारतले संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई दिँदै आएको विशेष राज्यको दर्जा खोसेपछि पाकिस्तानले विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार