radio icon

Live Radio

सुनसरीका दुई ठाउँमा बम विष्फोट

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६


सुनसरीका दुई छुटाछुटै स्थानमा गयराति बम विष्फोट भएको छ। इटहरी उपमहानगरपालिका–९ मा रहेको सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा विप्लवले बम बिष्फोट भएको हो।

स्थानीयका अनुसार गयराति सवा १२ बजे बिष्फोटको ठूलो आवाज सुनिएको थियो। सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज पूर्वतर्फको पर्खालमा गराइएको विष्फोटबाट कलेजका झ्यालको सिसा र पर्खालमा क्षति पुगेको कलेजका सञ्चालक राजेश श्रेष्ठले बताउनु भएको छ । त्यस्तै, दिल्ली पब्लिक स्कुलको गेटमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोखरेलले बम पड्काएर चन्दा आतंक मच्चाउने योजनाको साथ घटना गराएको हुनसक्ने बताउनुभयो ।

केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीको चन्दा उठाउने नाइके भनिएका मोहन कार्कीलाइ प्रहरीले इटहरीबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार