radio icon

Live Radio

तोकिएको भन्दा तीन गुणा बढी मूल्यमा औषधीको बिक्री

  • radionrn
  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६


बाग्लुङ – बाग्लुङ बजारमा सञ्चालित केही औषधी पसलहरुले तोकिएको भन्दा तीन गुणा बढी मूल्यमा औषधीको बिक्री गर्ने गरेको खुलासा भएको छ । नगर अनुगमन समितिको संयोजनमा गरिएको बजारमा अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा २० देखि ३० प्रतिशतसम्म बढी मुल्यमा औषधी बेच्ने गरेको पाइएको हो ।

औषधी पसलेहरुले भने तोकेको मूल्यमा नै औषधीको बिक्री वितरण गर्दै आएको दाबी गरे पनि तीन गुणा बढी मुल्यमा बिक्री गरेको बिलहरु भेटिएको छ । औषधी पसलसँगै सञ्चालन गरिएका निजी क्लिनिकहरु पनि बिना इजाजत सञ्चालन गरेको पाइएको छ ।

उक्त क्लिनिकहरु तत्काल सुधार नगरे आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने अनुगमन समितिका संयोजक युक्तप्रसाद सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार