radio icon

Live Radio

अमेरिकाले शरणार्थीहरुलाई उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने

  • radionrn
  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६


अमेरिकाले शरणार्थीहरुलाई उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने भएको छ । अमेरिकामा अन्यत्रबाट आउने शरणार्थीहरुको संख्या बढ्दै गएपछि उनीहरुलाई वार्षिक रुपमा उपलब्ध गराइँदै आएको सहायता कटौती गर्न लागिएको जनाइएको छ ।

राष्ट्रपति निर्वा्चित भएसँगै डोनाल्ड ट्रम्पले आप्रवासी र शरणार्थी्विरुद्ध कडा कदम चाल्ने बताउँदै आएका थिए । उनले आप्रवासी र शरणार्थीलाई अमेरिका प्रवेशमा कडाइ गर्ने भन्दै मेक्सिकोको सिमामा पर्खाल लगाउने बताउँदै आएका थिए ।

राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेलगत्तै शरणार्थीहरुको संख्यासमेत घटाएको मानवअधिकार सम्बन्धी सल्लाहकार र राष्ट्रिय सुरक्षा विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार