radio icon

Live Radio

नेपाली राष्ट्रिय टिमले सिंगापुरमा हुने टी–२० सिरिज खेल्ने

  • radionrn
  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६


काठमाडौं – ओमान क्रिकेटको आयोजनमा असोज १८ देखि हुने टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता अघि नेपाली राष्ट्रिय टिमले सिंगापुरमा हुने टी–२० सिरिज खेल्ने भएको छ । नेपालले असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी–२० खेल्ने नेपाली टिमका मिडिया म्यानेजर सुरज शाक्यले बताए ।

सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सिंगापुरले टी–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गर्न लागेको हो ।

नेपाली टोलीले सिंगापुरमा असोज १० र १४ गते जिम्बावे र असोज ११ र १५ गते सिंगापुरसँग खेलेर उतैबाट ओमान जानेछ । ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार