radio icon

Live Radio

बंगलादेशलाई हराउनुपर्ने दबाबमा नेपाल

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६


श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज बंगलादेशसंग खेल्दैछ ।कोलम्बोमा हुने खेल बिहान सवाँ १० बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासंग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो ।

अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई जित्नैपर्ने दबाब छ । पहिलो खेलको पराजयले नेपालको सेमिफाईनल पुग्ने सम्भावना कठिन बनेको छ ।

अन्तिम समुह चरणको अन्तिम खेल मंगलबार युएईसंग खेल्नेछ । समुहको शीर्ष दुई टिम सेमिफाईनलमा पुग्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार