radio icon

Live Radio

सेरेनालाई हराउँदै एन्ड्रेस्क्यूले जितिन युएस ओपन टेनिसको उपाधि

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६


क्यानाडाकी टिनएजर बियान्का एन्ड्रेस्क्यूले यस वर्षको युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । अमेरिकाको न्युयोर्कमा आज बिहान सम्पन्न फाइनल खेलमा घरेलु खेलाडी सेरेना विलियम्सलाई २–० को सोझो सेटमा हराउँदै एन्ड्रेस्क्युले उपाधि जितेकी हुन् ।

सेरेनाविरुद्धको खेल एन्ड्रेस्कयूले ६–२ र ७–५ को सोझो सेटमा जितिन् । जितसँगै एन्ड्रेस्क्यूले करियरमा पहिलो ग्रान्ड स्लाम उपाधि हात पार्दा पराजित खेलाडी सेरेनाको भने किर्तिमानी २४ पटक ग्रान्ड स्लाम जित्ने सपना फेरी एकपटक टुटेको छ ।

युएस ओपन टेनिसको पुरुषतर्फ स्पेनका रफायल नदाल र रुसका डानिल मेदभेदेव उपाधिका लागि भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार