radio icon

Live Radio

काठमाडौंमा आजबाट विद्युतीय बस चल्ने

  • radionrn
  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६


काठमाडौं उपत्यकामा आजबाट विद्युतीय बस सञ्चालनमा आउने भएको छ । आज दिउँसो १ बजेदेखि चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत सेवा सुरु गर्न लागिएको सुन्दर यातायातले जानकारी दिएको छ ।

उक्त बसको शुभारम्भ उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । मध्याह्न १२ बजे भृकुटीमण्डपबाट यसको शुभारम्भ हुनेछ ।

सुन्दर यातायात प्रालिले थप ५ वटा बस ल्याउने प्रक्रियामा रहेको जनाएको छ। सुन्दर यातायातले सञ्चालन गर्ने विद्युतीय बसले चक्रपथ परिक्रमा गर्नेछ।
विद्युतीय बसलाई काठमाडौंको चक्रपथ परिक्रमा गर्ने गरी रुट अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार