radio icon

Live Radio

धरहरा पुनर्निर्माणलाई तीव्रता दिन मेयर शाक्यको निर्देशन, वडामा समाधान नभएका समस्या आफुलाई भन्न आग्रह

  • radionrn
  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको धरहराको निरीक्षण निर्माणको कामलाई तिव्रता दिन निर्देशन दिनुभएको छ ।

वडा नम्बर–२२ का अध्यक्ष चिनकाजी महर्जन, वडा सदस्य अनिल हाडालगायतको टोलीसहित आज (सोमवार) निरीक्षण गर्दै मेयर शाक्यले कामलाई तिव्रता दिन निर्देशन दिनुभएको हो ।

निरीक्षणकै क्रममा मेयर शाक्यले धरहरा निर्माणका क्रममा केही समस्या भए पहिला वडा समितिमा र त्यसपछि समाधान नभए आफूलाई खबर गर्न समेत निर्माण कम्पनीलाई सुझाव दिनुभएको छ ।

उहाँले धरहरा सबैको साझा सम्पदा भएको भन्दै स्थानीय र महानगरपालिका जसरी पनि धरहरा बन्नुपर्छ भन्ने अडानमा रहेको पनि प्रष्ट पार्नुभयो । धरहरा निर्माणको ठेक्का पाएको रमन जेभीले निर्माणको २३ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ ।

सो कम्पनीले सन् २०२० को अक्टोवर ७ सम्ममा काम सम्पन्न गर्ने जिम्मेवारी पाएको छ । कम्पनीले ३ अर्ब ८ करोडमा धरहरा निर्माण गर्ने ठेक्का पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार