radio icon

Live Radio

एनसेलबारे फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन सांसदहरु जुर्मुराउँदै: विश्लेषक भन्छन् ‘ ठूलै बहादुरी चाहिन्छ’

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६


काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरुले एनसेललाई पुँजीगत लाभकरमा अर्बाैँ रकम छुट दिएर राज्यलाई नोक्सान हुने गरी मुद्दाको फैसला गर्ने न्यायाधीसलाई महाअभियोग लगाउन आज पनि माग गरेका छन् ।

उनीहरुले एनसेललाई अर्बाैँ रकम छुट दिने अदालतको उक्त फैसला बदनीयतपूर्ण रहेको भन्दै न्याधीसलाई कारबाहीको माग गरेका हुन् । यस्तो माग गर्नेमा सत्तारुढ सांसदहरु नै अगाडि देखिएका छन् ।

संसदको शून्य समयमा बोल्दै सत्तारुढ नेकपाका सांसद मोहन बानियाँले संविधान र कानुनको रक्षा गर्ने निकाय अदालत नै भक्षक बन्न थालेको अनुभुति भएको बताउनुभयो । राष्ट्रको दोहन गर्ने कार्यक्रमा संलग्न न्यायाधीशहरुलाई महाअभियोग बाहेक अर्काे उपाय नरहेको उहाँको भनाई छ ।

त्यस्तै नेकपाकै सांसद यज्ञराज सुनुवारले पनि न्यायालयको सम्मानका लागि भए पनि एनसेलबारे सर्वोच्चको फैसलाको गम्भीर छानबिन गर्न माग गर्नुभयो । उहाँले अदालतको पछिल्लो फैसला सुनाउने न्यायाधीशहरुले चरम आर्थिक चलखेल आरोप लगाउनुभयो ।

यस्तै सांसद खगराज अधिकारीले पनि एनसेलबारे अदालतले सुनाएको फैसलाले आफूलाई अचम्मित पारेको बताउनुभयो । उहाँले लाभांश कर नेपाल जनताले पाउनु पर्छ कि पर्दैन भन्दै प्रश्न गर्नुभयो । यदि लाभांश कर पाउनुपर्छ भने भ्रष्टाचारसँग जोडिएका जुनसुकै ठाउँमा प्रहार गर्न खुट्टा कमाउन नहुने उहाँको भनाई छ ।

राज्यलाई अर्बौँ रकम घाटा लाग्ने गरी भएको फैसलाको छानबिन हुनुपर्ने आवाज संसदमा लmगातार रुपमा उठिरहेको छ । तर अदालतको यो फैसलाको छानबिन गर्न सबैभन्दा पहिले न्यायाधीशहरुलाई महाअभियोग लगाउन आवश्यक छ । के संसदले त्यो हिम्मत गर्न सक्ला ? जनमनमा प्रश्न उब्जिएको छ । विश्लेषक पुरन्जन आचार्य प्राय सबै ठूला भ्रष्टाचारमा दलका शीर्ष नेता नै जोडिएका कारण एनसेल र अदालतको पछिल्लो प्रकरणको छानबिन हुने कुरालाई ठूलै बहादुरी मान्नुपर्नै बताउनुहुन्छ ।

भ्रष्टाचार नेपालको दृघरोगका रुपमा रहेको छ । दलका नेताहरुकै शक्ति र आडमा भ्रष्टाचारले प्रसय पाएको कुरा पनि जगजाहेर छ । त्यसैले यदि मुलुकबाट भ्रष्टाचार निवारण गर्ने हो भने सबैभन्दा पहिले राजनीतिक दल र तीनका नेताहरुले आफ्नो छवि सुधार गर्न आवश्यक छ । अन्यथा न्यायालयहरु किनबेच हुने अपराध रोकिने छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार