radio icon

Live Radio

वसन्तपुरमा सुरु भयो महाकाली नाच

  • radionrn
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


काठमाडौँ  – बसन्तपुरमा ईन्द्रजात्राको लिंगो ठड्याएपछि असत्यमाथि सत्यको जितको प्रतीक स्वरुप बिभिन्न देवीदेवताको नाच देखाउन सुरु गरिएको छ । यो नाच आठ दिनसम्म हरेक दिन साँझ नाचिन्छ ।

ईन्द्रजात्राको क्रममा कुमारी, गणेश र भैरवलाई तीन दिन सहर परिक्रमा गराइन्छ ।, यी तीन दिन वर्षौं पुरानो महाकाली नाच पनि नाचिन्छ । भक्तपुरको ‘महाकाली प्याखँ’लगायतका समूहले बसन्तपुरमा महाकाली नाच देखाउँछन् ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार भक्तपुरको महाकाली नाच पुरातत्व विभागमा समेत दर्ता छ । ईन्द्रजात्रा, गाईजात्रा र दशैंको नवमीमा गरी वर्षको तीन दिन महाकाली नाच देखाउने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार