radio icon

Live Radio

भारतसँग जोडिएका सबै सीमानाका बन्द गर्न नेकपा नेतृ पम्फा भुसालको प्रस्ताव

  • radionrn
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमानाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

सत्तारुढ नेकपा प्रतिनिधिसभाकी प्रभावशाली सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दावी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गर्नुभएको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने बताउनुभयो ।

सांसद भुसालले दुई मुलुकबीचको नागरिकलाई आवातजावतका लागि अनिवार्य परिचय–पत्रको व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार