radio icon

Live Radio

यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

  • radionrn
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


काठमाडौं – यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले बंगलादेशसँग पराजित हुनु नै आफूहरुका लागि दुर्भाग्य बनेको बताए ।

श्रीलंकामा भएको प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपाल घरेलु टोली श्रीलंकासँग ५ तथा बंगलदेशसँग ६ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो ।

नेपालले अन्तिम खेलमा भने यूएईमाथि १६० रनको फराकिलो जित निकालेको थियो । नेपाली टोलीको  स्वागतका लागि काेही पनि विमानस्थल पुगेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार