radio icon

Live Radio

नागरिकता विधेयकमा सहमती नभएपछि मतदानबाट टुङ्गयाउने तयारी

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६


विवादित नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकका बारेमा संसदीय समितिमा सहमती हुन नसकेपछि मतदान प्रक्रियाबाट टुङ्गयाउने तयारी भएको छ ।

गत एक वर्षदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल भईरहेपनि सहमती हुन नसकेपछि मतदान प्रक्रियामा जानु पर्ने भएको हो ।

वैवाहिक अङ्गीकृत नागरिकता जारी गर्नेलगायतका विषयमा विवाद कायमै रहेकाले आजको बैठकमा सहमतिको अन्तिम प्रयास गर्ने र नमिलेमा बहुमतीय प्रक्रियामा जाने तयारी भएको सांसदहरुले बताएका छन् ।

समितिकी सभापति शशी श्रेष्ठले विधेयकको टुङ्गो नलागेसम्म काठमाडौँ बाहिर नजान हिजोको बैठकमा सांसदहरुलाई आग्रह गर्नुभएको थियो । नागरिकता सम्वन्धी र निजामती कर्मचारी सम्वन्धी दुई विधेयकमाथी समितिले निरन्तर दफावार छलफल चलाईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार