radio icon

Live Radio

रवि लामिछानेका कानुन व्यवसायी नआएपछि सुनुवाई स्थगित, अर्को सुनुवाई असोज २ गतेलाई तोकियो

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६


काठमाडौं । उच्च अदालत पाटन हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा आज हुने भनिएको सुनुवाई स्थगित भएको छ ।

पुडासैनी आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने र पत्रकार युवराज कँडेलले दिएको निवेदन, सरकारी वकिल कार्यालयले दिएको निवेदन र चितवन जिल्ला अदालतको प्रतिवेदन माथि आज सुनुवाई हुने भनिएको थियो ।

लामिछाने र कँडेलका कानुन व्यवासयी शुशिलकुमार पन्तको व्यस्तताका कारण आजका लागी तोकिएको पेशी स्थगित गरिएको उच्चका प्रवक्ता अमृत घिमिरेले बताउनुभयो ।

न्यायाधीयद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासले पेशी स्थगित गरी असोज २ गतेका लागि तोकेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछने, कँडेल र अस्मिता कार्कीललाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा रिट दायर गरेपछि आजका लागि सुनुवाई तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार