radio icon

Live Radio

नेपाली महिलासँग बिवाह गर्ने विदेशी नागरिकलाई तत्काल नागरिकता दिन नसकिने सरकारको स्पष्टोक्ति

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६


काठमाडौं । सरकारले नेपाली महिलासँग बिवाह गर्ने विदेशी नागरिकलाई तत्काल नागरिकता दिने निर्णय गर्न नसकिने स्पष्ट पारेको छ ।

नागरिकता विधेयकमाथि छलफल गरिरहेको राज्य व्यवस्था तथा सुशासन समितिमा विदेशी ज्वाइँको नागरिकताबारे बहस भइरहेको छ ।

नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँत बिहे गर्दा नागरिकता नपाउने व्यवस्था विभेदकारी भएको महिला सांसदहरुको तर्क छ ।

तर समितिको बैठकमा गृहसचिव प्रेमकुमार राईले विदेशी ज्वाइँलाई नागरिकता दिनेबारे तत्काल कुनै निर्णय गर्न नसक्ने बताउनुभएको हो ।

विदेशी ज्वाइँलाई नागरिकता दिँदा कस्तो असर पर्छ भनेर अध्ययन गर्नुपर्ने र यसका लागि ३४ वर्ष समय लाग्ने गृहसचिव राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार