radio icon

Live Radio

बालुवाटार जग्गा प्रकरणबारे छानविन समितिको म्याद थप, यी हुन् मन्त्रीपरिषदका अन्य निर्णय

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६


काठमाडौं । सरकारले बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको छानविन समितिको म्याद असोज २८ सम्मका लागि थप गरेको हो ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बयान लिएर अनुसन्धान गरिरहेको छ ।

सरकारले पनि २८ फागुन २०७५ को निर्णयअनुसार सरकारी, गुठी र सरकारद्धारा अधिग्रहरण तथा जफत भएका जग्गा हिनामिना भएको विषयमा छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सीआईबीको अर्को टोली बनाएको थियो ।

यसैबिच, भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तासँगको भिडन्तका क्रममा ज्यान गुमाएका प्रहरी जवान सञ्जिव राईलाई सरकारले सहिद घोषणा गरेको छ ।

आज सूचना सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारका निर्णय सार्वजनिक गर्ने क्रममा यो जानकारी दिनुभयो ।

त्यसैगरी उनका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । भोजपुरमा गत असार २५ गते बुधबार भएको भिडन्तमा परी एक विप्लव कार्यकर्तासहित दुईजनाको मृत्यु भएको थियो ।

मृत्यु हुने विप्लवका जिल्ला इन्चार्ज निरकुमार राई रहेका थिए । प्रहरीको जवाफी फायरिङमा विप्लवका कार्यकर्ता मारिएका प्रहरीले बताएको थियो ।

यस्तै खाद्य सुरक्षा र कृषि व्यावसायिकीकरण कार्यक्रमका लागि एसियाली विकास बैंकबाट ५ अर्ब ७५ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सन्दर्भमा वार्ता गर्न अर्थमन्त्रालय, अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गर्ने निर्णय भएको छ ।

ग्रामिण उद्योग आर्थिक परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त ऋण सहायता रु ५ अर्ब ७५ करोड सम्बन्धमा वार्ता गर्न अर्थमन्त्रालय, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गर्ने निर्णय गरिएको छ ।

आर्थिक वर्ष २०७६– ७७ का लागि एकल बिन्दु सेवा केन्द्रको २५ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
संखुवासभाको खाँदबारी किमाथाँका १४ किमी चट्टानी सडक नेपाली सेनालाई दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार