radio icon

Live Radio

पाल्पा-बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरोले जीप पुरिँदा चालकको मृत्यु, ६ जना घाईते

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


मुक्ति न्यौपाने, पाल्पा । सिद्धार्थ राजमार्गको तिनाउ गाउपालिका २, दोभान नागथान नजिकै माथिबाट खसेको पहिरोले दुई वटा सवारी साधन पुरेको छ । दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जीपका चालक कमल परियारको मृत्यु भएको हो ।

घटनामा परि ६ जना घाइते भएका छन् । पाल्पाबाट बुटवल हिडेको लु २ च ५९३८ स्कारपियो र बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज २६१७ नम्बरको जिप पुरिएको हो । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटवलतर्फ लगिएको छ ।

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सवारी संचालनका लागि प्रयास थालिएको दोभान प्रहरी चौकीले जनाएको छ । विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार