radio icon

Live Radio

वडा कार्यालय र गाडिमा आगजनी, घटनाको विवरण आउन बाँकी

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


कञ्चनपुर – कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा गयराति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । मध्यरातमा आगजनी गरिएको भए पनि प्रहरीले भने आज बिहान ६ बजे खबर पाएको थियो । आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

उता, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगतबहादुर सिंहको बा २१ च ८५०७ नम्बरको नीजि कारमा गएराती अज्ञात समुहले आगजनी गरेको छ।

आगजनी बाट कारको पछाडीको भाग जलेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक नैन बहादुर साउदले बताउनु भएको छ ।आगजनी गर्नेको खोजी कार्य भैरहेको उहाँले बताउनुभयो । वडा अध्यक्ष एवं नगर प्रवक्ता समेत रहेका सिंहले आगजनीमा संलग्न केही व्यक्तिहरु माथि आशंका रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार