radio icon

Live Radio

वालक अपहरण गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


हरिश चन्द्र बाग, कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ४ का एघार वर्षीय जगत दमाईलाई अपहरण गरेको आरोपमा प्रहरीले दुई जना भारतीयहरुलाई पक्राउ गरेको छ ।

साधुको भेषमा आएका भारतीय नागरिकले केही दिन अघि सिमावर्ती भारतीय बजार बसही जाने क्रममा आफुलाई ललाइफकाई जेरी र समोसा खान दिई बेहोस पारी सम्पूर्णानगर पुगाएको र पछि त्यही रहेका पुनर्वास कै व्यापारीहरुले अपहरणकारीहरुबाट आफुलाई छुटाएको पीडित बालक जगत दमाईले बताएका छन् ।

पीडित बालकले अपहरणकारीहरुको पहिचान गरेपछि पुनर्वासका स्थानीयको सहयोगमा दुवै जनालाई पक्राउ गरिएको हो । बालकको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी नायव निरीक्षक भुपाल थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार