radio icon

Live Radio

दसैंमा भारतीय खसीबोका नभित्रिने, स्वदेशीले नै माग धान्ने

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


काठमाडौँ – यस बर्षको दसैंमा भारतीय खसीबोकको आयात नहुने भएको छ । गत वर्षको दसैंमा काठमाडौंमा कुल मागको ७० प्रतिशत भारतीय खसी–बोकाले धानेको थियो । तर यो पटक स्वदेशी खसीबोकाले मात्रै माग धान्ने भएको हो ।

सरकारले मासु जाँच ऐन, २०५५ र नियामावली २०५६ लाई कडाइका साथ कार्यान्वयन गर्दा भारतबाट खसी–बोका आयात हुन सकेको छैन । भन्सार विभागको तथ्याङ्क हेर्दा भदौ २५ सम्म खसी–बोका आयात भएको छैन । गत गर्षको भदौ मा १ लाखभन्दा बढी खसी–बोका भारतबाट आयात भएको विभागको तथ्याङ्कले देखाउँछ।

पशु जाँचमा कडाइ गर्दा दसैंमा खसी–बोका अपुग हुने भन्दै व्यवसायीले सरकारलाई खुलारूपमा आयात गर्न दिन आग्रह गर्दै आएका छन् । तर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको एक सर्वेक्षणले भने दसैँमा खसी–बोकाको कमी नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार