radio icon

Live Radio

चनियाँ सामग्रीमा कर बढाउने निर्णय तत्काल कार्यान्वयन हुँदैनः अमेरिकी राष्ट्रपति ट्रम्प

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २५० बिलियन डलरभन्दा बढी मूल्यका चिनियाँ सामानमा कर बढाउन गरेको निर्णय तत्कालन लागु नहुने भएको छ ।

राष्ट्रपति ट्रम्पले ट्विट गर्दै यसअघि २५० बिलियन डलरभन्दा बढी मूल्यका चिनियाँ सामानमा अक्टोबर १ देखि पाँच प्रतिशत कर बढाउने निर्णय दुई सातापछि सारेको बताएका छन् ।

उनले चीनको आग्रहमा उक्त कर लागु गर्ने मिति पछि सारेको बताएका छन् । यसअघि चीनले पनि अमेरिकाबाट आयात हुने विभिन्न १६ वटा सामग्रीको आयातमा शुल्क नलगाइने भन्दै सूची जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार