radio icon

Live Radio

रेल दुर्घटनामा परी ५० को मृत्यु

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


एजेन्सी – लोकतान्त्रिक गणतन्त्र कंगोमा भएको रेल दुर्घटनामा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । रेल दुर्घटनामा परी अन्य २३ जना घाइते भएका त्यहाँका मानवीय सहायतामन्त्री स्टेभ एमबिकायीले जानकारी दिएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने इन्डिपेन्डेन्टले जनाएको छ । कंगोमा रेल मार्गको अवस्था अत्यन्त नाजुक रहेको र सुरक्षित नरहेको मानिन्छ ।

खराब अवस्थाको रेल मार्गका कारण धेरै दुर्घटना हुने र धेरै जनाको ज्यान जाने गरेको छ । गत मार्चमा भएको अर्को एक दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार