radio icon

Live Radio

राष्ट्रिय महिला फुटबल टिम आज स्वदेश फर्कने

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


काठमाडौँ – किर्गीस्तानमा सम्पन्न नादेझ्दा कप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम आज साँझ ६ बजे नेपाल आईपुग्ने जनाएको छ ।

हिजो भएको फाइनलमा बलियो टिम उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा समेटिएको थियो ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा सावित्रा भण्डारीले २ गोल फर्काए पनि नेपालले इतिहासकै पहिलो उपाधि चुम्नबाट चुकेको थियो ।

यस अघि नेपालले साफ च्याम्पियनसिप ४ पटक, साग २ पटक र हिरो महिला गोल्डकपमा एक पटक फाइनल पुगेर पनि उपाधि जित्नबाट बन्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार