radio icon

Live Radio

नरैनापुरलाई अबको दश बर्षमा नेपालगन्जभन्दा ठुलो शहर बनाउछु: शहरी विकासमन्त्री राई

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


भिष्म लोध, बाँके । शहरी विकासमन्त्री मो. ईस्तियाक राईले बाँकेको नरैनापुरलाई अबको दश बर्षमा नेपालगन्जभन्दा ठुलो शहर निर्माण गर्ने बताउनुभएको छ ।

शुक्रबार बाँकेको नरैनापुरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधा गर्दै मन्त्री राईले अगामी दस वर्षमा नरैनापुरलाई नेपालगन्ज शहर भन्दा ठुलो शहर बनाउने दावी गर्नुभएको हो ।

नरैनापुर बाँकेको मेरो क्षेत्र हो जसले पहिलो पटक आफुँ निर्वाचनमा उठ्दा सबैभन्दा बढि भोट तथा माया पाएको क्षेत्र भएको बताउनुभयो ।

यसमा साथै प्रदेश पाँचको सरकारले निर्माण गर्ने पाँच वटा शहर बनाउने योजनामा नरैनापुरलाई राख्ने बताउँदै सो कार्य प्रक्रियामा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार