radio icon

Live Radio

नेपाली कांग्रेस बाँकेद्वारा नेकपा बिरूद्व आन्दोलन सुरु

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


भिष्म लोध, बाँके । नेपाली कांग्रेस बाँकेले नेकपा बिरूद्व आन्दोलन सुरु गरेको छ। दोस्रो चरणको जनजागरण कार्यक्रम तत्कालका लागि रोकेर नेपाली कांग्रेस बाँके सडक आन्दोलनमा उत्रिएको हो ।

बिरोध स्वरूप नेपालगन्जको बि पि चोकमा टायर बालेर एक घन्टा प्रदर्शन गरिएको छ ।

जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको हो।

आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको छ भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार