radio icon

Live Radio

छानविन आयोगको निष्कर्षः सोलुखुम्बुको लुक्लामा भएको हवाई दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


काठमाडौं । नयाँ वर्षकै दिन तीन जनाको मृत्यु हुने गरी सोलुखुम्बुको लुक्लामा भएको हवाइजहाज दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ ।

छानविन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा पाइलटले समयमै उचित निर्णय लिन नसक्दा जहाज दुर्घटना भएको उल्लेख छ ।

जहाजका दुबै इन्जिन कन्ट्रोल गर्ने ‘पावर लिभर’लाई सही तरिकाले उपयोग गर्न नसक्दा जहाज दायाँतर्फ मोडिएको र पाइलटले त्यसलाई सच्याउने निर्णय लिनु अगाडि नै जहाज दुर्घटनामा परेको छानविन आयोगको निष्कर्ष छ ।

वैशाख १ गते भएको समिट एयरको वायुयान दुर्घटनामा दुई प्रहरी र को–पाइलटको मृत्यु भएको थियो । लुक्ला विमानस्थलबाट काठमाडौं उड्ने तयारीमा रहेको जहाजले धावनमार्गमा चिप्लिएपछि मनाङ एयरको हेलिकोप्टरलाई किचेको थियो ।

दूर्घटनापछि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानविन आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार