radio icon

Live Radio

डाक्टरले मृत घोषित गरेको बच्चा जिवितै, एनआइसियुमा उपचार हुँदै

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


भिष्म लोध, बाँके । नेपालगन्जस्थित भेरी अस्पतालको प्रसुती वार्डले मृत घोषणा गरेको शिशु जिउँदो भेटिएको छ । मृत घोषणा गरेको शिशुको परिवारले अन्तिम संस्कार गर्न लाग्दा जिउदै भेटिएको हो ।

जाजरकोटको छेडा नगरपालिका वाडा नं. ९ कि कमला अधिकारीले ६ महिना मै शिशु आज बिहान ५ बजेर ४५ मिनेटमा भेरी अस्पतालको प्रशुती वार्डमा जन्माउनुभएको हो ।

लामो समय देखि भेरी अस्पतालका प्रसुती विशेषज्ञ संग चेकजाँच गराउदै आएकी कमला हिजो नेपालगन्ज आएर सो चेकजाँच गराउनु भएको थियो ।

शिशुको तौल ६ सय ग्राम रहेको अस्पताल स्रोतले जनाएको छ भने सो शिशुको भेरी अस्पतालको एनआइसियुमा उपचार भइरहेको छ ।
यस्तो छ अस्ताल प्रशासनले निकालेको विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार