radio icon

Live Radio

काँग्रेस प्रवक्ताको बोली अनुसार काम भएन, असोज १ गते नेविसंघको अध्यक्ष घोषणा हुने दावी

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


दिनेश न्यौपाने, काठमाडौँ । नेपाली काँग्रेसको भातृसंगठन नेपाल बिद्यार्थी संघ बिगत ७ महिनादेखि नेतृत्व बिहिन छ । ११ औँ महाधिवेशनबाट अध्यक्षमा चुनिएका नैनसिं महरले १२औँ महाधिवेशन गर्न नसकेपछि नेविसंघ विघटन भएको हो ।

महरको राजिनामा पछि नेविसंघको न नयाँ महाधिवेशन भयो, न पार्टीले कसैलाई अध्यक्ष नियुक्त गर्न सक्यो ।नेविसंघ र तरुण दलको बारेमा सवैतिरबाट कुरा उठेपछि पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले दोस्रो चरणको जागरण अभियान सुरु हुनु अगावै नेविसघं गठन हुने तथा तरुण दलले पुर्णता पाउने केही दिन अगाडी बताउनु भएको थियो ।

तर गत २४ गतेदेखि जागरण अभियान सुरु भएपनि उहाँले बताए अनुसार अहिलेसम्म औपचारिक रुपमा त्यस्तो कुनै निर्णय भएको छैन् ।  बिशेष गरि नेविसंघ नेतृत्व बिहिन बन्नुमा पार्टीका नेताहरु बिद्यार्थी नेताहरुलाई तथा बिद्यार्थी नेताहरु पार्टीका नेताहरुलाई दोषारोपण गर्दै आएका छन् ।

पार्टीमा रहेका बिभिन्न आन्तरिक किचलो मध्य सांगठानिक संरचना गठन र तिनको पुर्णताको बिषय नेतृत्वको टाउको दुखाई र आलोचनाको बिषय बन्दै आइरहेको छ । नेताहरु आफुखुसी संगठनका बिषयमा बोल्ने तथा गुट र उपगुटका आधारमा संगठनलाई बिवादीत बनाउन खोज्ने प्रवृतीलाई लिएर बिद्यार्थीनेताहरु आक्रोशीत छन् ।

नेविसंघ भित्रै पनि उमेर हदका कारण निकै ठुलो बिवाद सिर्जना भयो । नेविसंघ नेता लिला दाहाल नेविसंघ लगाएत भातृसंगठनका संरचना गठन नहुदा आफुहरु लज्जित हुनु परेको बताउनुहुन्छ ।

मुलुकमा लामो समय सत्ता सञ्चालनको नेतृत्व पाएको नेपाली काँग्रेस अहिले प्रमुख प्रतिपक्षको भुमिकामा छ । मुलुक संघियतामा गएपश्चात भएको आम निर्वाचनमा नराम्रोसंग पराजय भोगेको काँग्रेस अहिले पार्टी भित्रकै आन्तरिक किचलोले थप रुमल्लिएको हो ।

आन्तरिक रुपमा किचलो तथा अत्याधिक समस्या हुदा हुदै पनि तिनको व्यवस्थापन नगरेरै नेपाली काँग्रेसले देशभर जागरण अभियानलाई यतिबेला जारी राखेको छ ।

प्रवक्ता शर्माले केही दिन पहिलो बोलेको कुरा अहिलेसम्म सत्य हुनसकेको छैन । आफ्नो बोलीले हावा खाएपछि उहाँले नेविसंघ गठन र तरुण दल विस्तारको बारेमा अमुर्त जवाफ दिन थाल्नु भएको छ । अगामी असोज १ गते नेविसंघको सभापति चयन हुने बताउदै तरुणदल पनि बिस्तारको क्रममा रहेको प्रवक्ता शर्माले दावी गर्नुभयो ।

प्रवक्ता शर्माको बोली अहिले पनि पुरा हुन्छ भन्ने आधार देखिदैन । त्यसैले जस्तो जस्तो पण्डित उस्तो उस्तो स्वाहा भनेझैँ पार्टीमा आशा गरिएका नेतापनि बेला मौकामा चुकेका छन् ।

आशा गरिएका नेता र बिद्यार्थीहरुले बुलन्द दवाव दिन नसकेका कारण लामो समय संगठनहरु मृत जस्तै छन् । बाहिर झिलीमिली भित्र केहि नमिली भने जस्तोे जागरण अभियान बन्ने हो कि भन्ने आशंका पार्टीका नेतामा छ ।

पार्टी सुदृढका लागि गरिएको अभियान पर्याप्त संरचना विना गर्दा प्रभावकारी नहुने निश्चित छ । विवाद र अन्यौलताकाबीच गर्न लागिएको अभियानको औचित्य माथी पार्टी भित्र प्रश्न उठेको छ ।

अब काँग्रेसले पार्टीका संगठनलाई पुर्णता दिदै भित्रैबाट विवादको जरो काट्ने काम समयमै गर्न नसके जुन जोगी आए कानै चिरिएका भने झै हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार